लेख विवरण

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौंँ । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार इतिहाद स्टेडियममा रियल म्याड्रिडलाई ४–० ले समग्रमा ५–१ ले हराउँदै म्यानचेस्टर सिटी तीन सिजनमा लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा बर्नार्डो सिल्भाको दोहोरो गोलमा सिटीले खेलमा २–० को अग्रता लियो । त्यसपछि दोस्रो हाफमा पनि सिटीले दुई गोल नै गर्‍यो । मानुएल अकान्जीले ७६औं र जुलियन अल्भारेजले खेलको इन्जुरी टाइममा गोल गरे ।

सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टरसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.