यी देशमा खेलाईने छ आईसीसी टी-२० विश्वकप २०२४ !
काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी-२० विश्वकप २०२४ आयोजनाको जिम्मेवारी दुई ठूला देशलाई दिएको थियो । तर केही समय अगाडी यी देशहरूबाट टी-२० विश्वकपको आयोजना फिर्ता लिन सक्ने समाचार बाहिर आएको थियो । यस बिषयमा आईसीसीले आफ्नो धारणा स्पष्ट पारेको छ ।
गत वर्ष आईसीसीले सन् २०२४ को टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने घोषणा गरेको थियो । तर, अमेरिकामा हुने प्रतियोगिताको पूर्वाधार अझै तयार भएको छैन । त्यसपछि आईसीसीले इंग्ल्यान्डलाई टी-२० विश्व आयोजना गर्न अनुरोध गर्न सक्ने दाबी गरिएको थियो । तर, आइसीसीले अब यो विषय टुंग्याएको छ ।
आईसीसीले प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकामा नै हुने स्पष्ट पारेको छ । प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकाबाट बाहिर सार्ने विषयमा अरु कसैसँग पनि छलफल नभएको आईसीसीले जनाएको छ । यसका साथै प्रतियोगिताको आयोजना स्थलमा चाँडै नै घोषणा हुने भएको छ ।

टिप्पणी लेख्नुहोस्