लेख विवरण

युइएफए च्याम्पियन्स लिग : चेल्सी विजयी

युइएफए च्याम्पियन्स लिग : चेल्सी विजयी

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्लिस क्लब चेल्सी विजयी भएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई २–० गोलले हरायो ।

चेल्सीको जितमा काई हाभर्टज र क्रिस्टियन पुलिसिसले गोल गरे । आठौँ मिनेटमा काई हाभर्टजले हाकिम जियाचको कर्नर पासमा हेड गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ६३औँ मिनेटमा क्रिस्टियन पुलिसिसले एङ्गोलो कान्टेको पासमा गोल गर्दै चेल्सीलाई जिताए । जितसँगै चेल्सीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग मार्च १७ तारिख लिलेको मैदानमा हुनेछ ।

मंगलबार रातिनै भएको अर्को खेलमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब भिल्लारियलसँग १–१ गोलको बराबरीमा रोकिएको छ । भिल्लारियको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको हो ।

खेल सुरुभएको पहिलो मिनेटमै डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ६६औँ मिनेटमा भिल्लारियलका डानी परेजोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दुई टोलीबीचको दोस्रो लेग मार्च १७ तारिख युभेन्ट्सको मैदानमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.