लेख विवरण

युइएफए च्याम्पियन्स लिग : लिभरपुलसँग इन्टर मिलान पराजित

युइएफए च्याम्पियन्स लिग : लिभरपुलसँग इन्टर मिलान पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा इटालियन प्रतिस्पर्धी इन्टर मिलानलाई स्तब्ध बनाएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले इन्टरलाई उसैको मैदानमा २–० गोलले हरायो ।

लिभरपुलको जितमा रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा फिर्मिनोलेले ७३औँ मिनेटमा एन्ड्रिउ रोबर्टसनको कर्नर पासमा हेडमार्फत गोल गरेका थिए । सलाहले ८२औँ मिनेटमा गोल गर्दै लिभरपुललाई जिताए ।

यस अवे जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग मार्च ८ तारिख लिभरपुलको मैदानमा हुनेछ । बुधबार रातिनै भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख र अष्ट्रियन क्लब साल्जवर्ग १–१ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा साल्जवर्गले सुरुवाती अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा बराबरमिा चित्त बुझायो । २१औँ मिनेटमा चुकवुवुइकी एडामुले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा किङ्सले कोमानले थोमस मुलरको पासमा गोल गर्दै बयर्नलाई हारबाट जोगाएका थिए । दोस्रो लेग मार्च ८ तारिख बायर्नको मैदानमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.