युएईमा एसिया कप सार्न पाकिस्तान तयार
काठमाडौंँ । पाकिस्तानले एसिया कपका लागि एसियन क्रिकेट काउन्सिल (एसीसी)लाई नयाँ प्रस्ताव पठाएको छ । नयाँ प्रस्तावमा यदि एसीसी सदस्यहरू भारतका खेलहरू अन्य देशहरूमा आयोजना गर्दा तयार छैनन् भने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यूएईमा प्रतियोगिता आयोजना गर्न सक्ने जनाइएको छ
पीसीबीका प्रमुख नजम सेठीले मे ८ मा दुबईमा भएको एसीसी सदस्यहरूसँगको भेटमा यो प्रस्ताव राखेको बताइएको छ । तर उनको हाइब्रिड मोडल प्रतियोगिताको प्रस्ताव अस्वीकृत भयो र एसिया कप पाकिस्तानमा नगर्ने निर्णय भएको छ। साथै श्रीलंकालाई प्रतियोगिताको आयोजकत्व हस्तान्तरण गर्न सकिने तर एसीसी प्रमुख जय शाहको आधिकारिक निर्णय आउन बाँकी रहेको सञ्चार माध्यमहरुले जनाएका छन ।
पीसीबी स्रोतलाई उद्धृत गर्दै एक रिपोर्टमा भनिएको छ "मे ९ मा पनि पीसीबी प्रमुख नजम सेठीले एसिसी सदस्यहरूलाई भेटेका थिए। नयाँ प्रस्ताव हस्तान्तरण गर्ने क्रममा उनले यदि नयाँ प्रस्ताव पनि अस्वीकार भए आफुहरु प्रतियोगिताबाट बाहिरिने संकेत दिएका छन ।" सेप्टेम्बर २ देखि १७ सम्म हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालले खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्