युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य
काठमाडौं । पहिलो एकदिवसीय खेलमा युएईले नेपाललाई २६४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको हो। युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रनको योगदान दिए। उनले ७३ बलमा ७ चौका प्रहार गरेका थिए।
यता, मोहमम्द वासिमले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। वृत्य अरविन्दले ८२ बलमा ६ चौका प्रहार गरेका थिए। उनीहरूबीच दोस्रो विकेटको लागि ७५ रनको साझेदारी भएको थियो।
युएईकै मध्यक्रमका ब्याटर एलिशान शराफुले २९ र आयान खानले २६ रन बनाए। अहमद राज २५ र जुनैद्द सिद्दीकी १ रनमा अविजित रहे।
नेपालका लागि तीव्र गतिका बलर गुलशन झाले ६ ओभर बलिङ गर्दै २६ रन खर्चिएर २ विकेट लिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

टिप्पणी लेख्नुहोस्