लेख विवरण

युएई अब अफगानिस्तानको घरेलु मैदान

युएई अब अफगानिस्तानको घरेलु मैदान

काठमाडौं । अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) लाई आफ्नो घरेलु मैदान बनाएको छ । द इमिरेट्स क्रिकेट बोर्ड (इसिबी)ले आगामी पाँच वर्षको लागि अफगानिस्तानलाई घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने सम्झौता गरेको हो । 

जसका लागि इसिबी र अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)ले सम्झौता गरेका हुन्। सम्झौतासँगै अफगानिस्तानले युएईसँग पाँच वर्षमा तीन टी(२० शृंखला खेल्नेछ । सम्झौतापछि भिषाको लागि समेत इसिबीले सहयोग गर्ने बताएको छ । 

पछिल्लो समय अफगानिस्तानले युएईमै अभ्यास गरिरहेको थियो । तर, अफगानिस्तानले शृंखलाको लागि मात्रै मैदान प्रयोग गर्ने गरेको थियो । सम्झौतासँगै अफगानिस्तानले लामो समयसम्म युएईलाई आफ्नो घरेलु मैदान बनाएको छ । 

पछिल्लो समय अफगानिस्तानमा राजनीति प्रभावसँगै कुनै पनि टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न मानेको छैन । सन् २०२१ अगस्टमा तालिवानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको थियो । यससँगै एसिबीका केही पदाधिकारी देश छाडेर युएई पुगेका थिए । राष्ट्रबाट खेल्दा भिषा हातपार्न समेत निकै दवाव थियो । युएईलाई घरेलु मैदान बनाएसँगै यो समस्याबाट समेत अफगानिस्तानले पार गरेको छ । 

सम्झौतापछि अफगानिस्तानले अस्ट्रेलिया, पाकिस्तान र वेस्ट इन्डिजसँग तीन एकदिवसीय शृंखला खेल्नेछ । यसैगरी जिम्बाव्वेसँग समेत खेल्ने तालिका छ । जुन खेलका लागि अफगानिस्तानले आबु धाबी, दुबई र शारजाहको मैदान प्रयोग गर्नेछ । 

यसअघि अफगास्तिानले सन् २०१३ देखि २०१७ सम्म लोहोरमा अभ्यास गरेको थियो । त्यसपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)सँगको सम्झौतासँगै भारतमा अभ्यास गर्दै आएको थियो । 


 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.