युएई र वेस्ट इन्डिजले विश्वकप छनोटअघि एकदिवसीय शृङ्खला खेल्ने
काठमाडौंँ । युएई र वेस्ट इन्डिजले आगामी विश्वकप छनोटको तयारीका लागि अर्को महिना शारजाहमा तीन खेलको एकदिवसीय शृङ्खला खेल्ने भएको छ ।
शृङ्खलाका खेलहरु जुन ५, ७ र ९ तारिखमा हुनेछ । एकदिवसीय शृङ्खलापछि दुवै टोली जुन १८ देखि जुलाई ९ सम्म हुने छनोट प्रतियोगिताका लागि जिम्बावे प्रस्थान गर्नेछन् ।
छनोट प्रतियोगितामा कुल १० टोलीले भाग लिनेछन्, जसमा दुई टोली भारतमा खेलिने २०२३ ओडीआई विश्वकपमा प्रवेश गर्नेछ।
'हालका महिनाहरूमा, हाम्रो टोलीले एकदिवसीय ढाँचामा राम्रो प्रदर्शन गरेको छ जसले युएई क्रिकेटको प्रोफाइल बढाउन मद्दत गरेको छ' इमिरेट्स क्रिकेट बोर्डका महासचिव मुबाश्शिर उस्मानीले भने। 'जिम्बाब्वेमा हुने प्रतियोगिताको तयारीका लागि हामीले यो श्रंखला आयोजना गर्न लागेका हौं । यो शृङ्खलाले पक्कै पनि हाम्रो टोलीलाई विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्न मद्दत पुग्नेछ ।'
वेस्ट इन्डिज क्रिकेटका निर्देशक जिमी एडम्सले भने, 'युएई विरुद्ध हाम्रो पहिलो द्विपक्षीय भ्रमण हो र हामी यस ऐतिहासिक तीन खेलको एकदिवसीय शृंखलामा सहभागिता जनाउन पाउने भएकोमा खुसी छौं किनभने यसले हाम्रा खेलाडीहरूलाई राम्रो खेल्ने मौका दिनेछ। हामीले आईसीसी विश्वकप छनोटको तयारी अगाडी बढाएका छौं ।'

टिप्पणी लेख्नुहोस्