लेख विवरण

युएस ओपनमा रुस र बेलारुसका खेलाडीले खेल्न पाउने

युएस ओपनमा रुस र बेलारुसका खेलाडीले खेल्न पाउने

काठमाडौं । अमेरिकी टेनिस संघ (यूएसटीए)ले रुस र बेलारूसका खेलाडीलाई युएस ओपन ग्राण्ड स्लाम प्रतियोगितामा खेल्न अनुमति दिएको छ । तर ती खेलाडीहरूले आफ्नो देशको झन्डा प्रतियोगितामा प्रयोग गर्न पाउने छैनन । यूएसटीएले मंगलबार सर्तहरु सहित रुस र बेलारुसका खेलाडीले खेल्न पाउने जनाएको हो ।

यूएसटीएले रुस र बेलारुसका खेलाडीलाई व्यक्तिगत रुपमा तटस्थ झण्डामुनि यूएस ओपन २०२२ मा सहभागी हुन अनुमति दिएको छ । युक्रेनमा रुसको सैन्य अभियान सुरु भएपछि रुसी खेलाडीलाई अन्तर्राष्ट्रिय टेनिस संघ (आइटिएफ)का प्रतियोगिता र अन्य थुप्रै प्रतियोगितामा प्रतिबन्ध लगाइएको थियो ।

बेलारूसले रुसी सैन्य अभियानलाई समर्थन गरेको हुनाले त्याहाँका खेलाडीहरूमाथि पनि प्रतिबन्ध लगाइएको थियो। यूएसटीएले युक्रेनमा रूसको अप्रेरित र अन्यायपूर्ण आक्रमणको निन्दा जारी राखेको जनाएको छ । यु एस टी एफ अन्य टेनिस संस्थाहरूको पक्षमा खडा छ, यसले आईटीएफ र सबै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट रूसी तथा बेलारूसी टेनिस संघमाथि लगाइएको प्रतिबन्धलाई समर्थन गर्छ। साथै, एसोसिएसनले ती देशका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दा तटस्थ झन्डामुनि खेल्न निर्देशनको पनि समर्थन गरेको छ।

यूएसटीएले परिस्थितिलाई ध्यानमा राख्दै प्रत्येक राष्ट्रका योग्य खेलाडीहरूलाई २०२२ यूएस ओपन खेलमा भाग लिन अनुमति दिने बताएको छ। जून २७ देखि सुरु भएको प्रमुख प्रतियोगिता विम्बलडनले दुवै देशका खेलाडीहरूलाई गत अप्रिल महिनामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.