लेख विवरण

युभेन्ट्स र इन्टर मिलानको खेल बराबरीमा टुंगियो

युभेन्ट्स र इन्टर मिलानको खेल बराबरीमा टुंगियो

काठमाडौं । तीनवटा रातो कार्ड देखाइएको खेलमा युभेन्ट्स र इन्टर मिलान बराबरीमा टुंगिएका छन् ।

कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा भिडेका युभेन्टस र मिलानका रातो कार्डका बाबजुद १–१ को बराबरी खेलेका छन् । 

पहिलो हाफमा गोलरहित भए पनि अत्यन्त रोचक भिडन्त देखिएको सो खेलको अन्तिम समय अर्थात ८३औं मिनेटमा जुआन कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाएका थिए तर इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए । खेल यसैमा टुंगियो । 

तर, एलिएन्ज एरिना टोरिनोमा मंगलबार राति भएको खेलको अन्तिम समयमा दुई गोलले बराबरीमा टुंग्याए पनि रेफ्रीले तीन खेलाडी रातो कार्ड देखाए। जुन रातो कार्ड खानेमा युभेन्टसका लुकाकु देखी इन्टरका कप्तान समिर हान्डानोभिकसमेत छन ।

ब्रेमेरले हेडरमार्फत बललाई क्लियर गर्ने क्रममा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतामा इन्टरलाई पेनाल्टी प्रदान गर्दा लुकाकु गोल गरेर खेल बराबरीमा ल्याएका थिए तर गोललगत्तै समर्थकमाँझ खराव व्यवहार गरेपछि रेफ्रीले लुकाकुलाई दोहोरो पहेलो कार्डसँगै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

खेल सकिएलगत्तै झगडा गर्न पुगेपछि रेफ्रीले युभेन्ट्सका अर्का खेलाडी जुआन कोर्डाडो पनि रातो कार्ड खानेमा परेका छन् । र, सोही झगडामा सामेल भए पछि मिलानका कप्तानलाई पनि रातो कार्ड दिईएको हो ।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.