लेख विवरण

युरोपा लिगको फाइनलमा रेन्जर्स र फ्रान्कफुर्ट भिड्ने

युरोपा लिगको फाइनलमा रेन्जर्स र फ्रान्कफुर्ट भिड्ने

काठमाडौं । यूइएफए युरोपा लिगको उपाधिका लागि रेन्जर्स र आइनट्राख्ट फ्रान्कफुर्ट भिड्ने भएका छन् ।

बिहीवार राति टर्किस क्लब रेन्जर्सले जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३(१ हरायो । समग्रमा लाइपजित ३–२ को जित निकाल्न सफल भयो ।

घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे । यस्तै लाइपजिगका लागि क्रिस्टोफोर एनकुकुले सान्त्वना गोल गरे ।

अर्को सेमिफाइनल खेलमा फ्रान्कफुर्टले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको छ । फ्रान्कफुर्ट समग्रमा ३–१ ले विजयी भयो ।

फ्रान्कफुर्टको जितमा राफयल सान्तोस बोरेले खेलको २६औं मिनेटमा निर्णायक गोल गरे । दुई टोलीबीचको उपाधिका भिडन्त १८ मे मा स्पेनमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.