युरोपा लिगको सेमिफाइलनमा वेस्ट ह्याम र रेन्जर्स पराजित
काठमाडौं । यूइएफए युरोपा लिग सेमिफाइलनको पहिलो खेलमा वेस्ट ह्याम पराजित हुँदा इन्ट्राट फ्रयांकफर्ट र आरबी लाइपजिगले जित निकालेका छन् ।
पहिलो लेगमा फ्रयांकफर्टले वेस्ट ह्यामलाई उसैको मैदानमा २–१ ले पराजित गर्दा लाइपजिगले घरेलु मैदानमा रेन्जर्सलाई १–० ले पराजित गरेको हो ।
फ्रयांकफर्टको जितमा एन्सगर नफ र डाइची कमाडाले १-१ गोल गरे । वेस्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काएका थिए ।
लाइपजिगका भने एन्जेलिनोले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा निर्णायक गोल गरे । सेमिफाइलनको दोस्रो लेग अर्को हप्ता हुनेछ ।
यसअघि सेमिफाइलन प्रवेशका क्रममा फ्रयांफर्टले बार्सिलोनालाई समग्रमा ४–३ ले र लाइपजिगले एटलान्टा समग्रमा ३–१ ले लाई पराजित गरेका थिए ।

टिप्पणी लेख्नुहोस्