लेख विवरण

युरो छनोट–२०२४ मा इंग्ल्याण्ड को सहज जित

युरो छनोट–२०२४ मा इंग्ल्याण्ड को सहज जित

काठमाडौं । इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ।

युक्रेनमाथि २–० को सहज जित निकाल्दै इंग्ल्याण्डले दोस्रो जीत निकालेको हो । 

वेम्बलीमा गएराति भएको छनोट खेलमा इङ्ल्याण्डको जितमा ह्यारी केन र बुकायो साकाले गरेको १–१ गोल नै काफी हुन पुग्यो । 

खेलको पहिलो हाफको ३७ औं मिनेटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई सुरूआती अग्रता दिलाएका थिए भने त्यसको तीन मिनेटपछि हेन्डर्सनको पासमा साकाले गोल गर्दै इङ्ल्याण्डलाई पहिलो हाफमै २–० को अग्रता दिलाए।

यता लगातार दोस्रो जित निकालेको इङ्ल्याण्डले समूह सीमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने यसअघि इङ्ल्याण्डले पहिलो खेलमा इटालीलाई हराएको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.