युवा अलराउण्डर कुशल पाकिस्तान प्रस्थान
काठमाडौं । युवा अलराउण्डर कुशल मल्ल पाकिस्तान जुनियर लिग क्रिकेट खेल्न त्यसतर्फ प्रस्थान गरेका छन । लिग अक्टुबर ६ देखी २१ सम्म पाकिस्तानमा हुदैछ । कुशललाई ग्बादर शार्कले अनुबन्ध गरेको हो ।
१९ वर्षमुनिका खेलाडी सहभागी हुने पाकिस्तान जुनियर लिग क्रिकेटमा छ टिमले प्रतिस्पर्धा गर्ने छन् । यी टिमले ६६ जना पाकिस्तानीसहित २४ विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन् । ती २४ मध्येमा कुशल पनि एक हुन् ।
मल्लले यसअघि युएईमा भएको टी-१० लिगमा सहभागिता जनाएका थिए ।
१८ वर्षका उनी एक दिवसीय क्रिकेट र टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् ।


टिप्पणी लेख्नुहोस्