यु–१४ टेनिस प्रतियोगिताका लागि खेलाडी छनोट
काठमाडौं । आईटीएफ वल्र्ड जुनियर यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत प्रि क्वालिफाइङका लागि नेपालबाट ३ पुरुष खेलाडी छनोट भएका छन् ।
बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य रहेका छन् । प्रतियोगिता फेब्रुअरी १३ देखि १८ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा हुनेछ ।
त्यस्तै संघ मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने आईटीएफ यु–१४ फाइनल क्वालिफाइङका लागि छनोट प्रतियोगिता गर्ने भएको छ । छनोट प्रतियोगिता फेब्रुअरी १२ तारिखमा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । ३ महिला खेलाडी उक्त प्रतियोगिताका लागि छनोट गरिने कार्यालय सचिव देवकोटाले जानकारी गराए ।

टिप्पणी लेख्नुहोस्