लेख विवरण

यु–१६ क्रिकेट प्रतियोगिताका लागि झापाको टोली घोषणा

यु–१६ क्रिकेट प्रतियोगिताका लागि झापाको टोली घोषणा

झापा । यु–१६ राष्ट्रिय क्रिकेट अन्तर्गत कोशी प्रदेश स्तरिय छनोट प्रतियोगिताको लागि झापा जिल्ला क्रिकेट संघले टोली घोषणा गरेको छ । भुपाल डंगालको कप्तानीमा जिल्ला क्रिकेट संघले १४ सदस्यीय टोली छनोट गरेको हो ।

टोलीमा कप्तान भुपाल डंगालसँगै दिप भुजेल, अमन गोयल, फैजल रहमान, उज्ज्वल काफ्ले, विश्वास क्षेत्री, सौजन घिमिरे, आशिक राना मगर, शिषिर खतिवडा, मुकेश दाहाल, रिजन आङदाम्बे, रेमो कार्की र अर्शिद राशिद रहेका छन ।

त्यस्तै बैकल्पिक खेलाडीमा दिपेश मैनाली, कुशल न्यौपाने, योगनाथ मिश्र र बिक्रम माझी रहेका छन ।

बुधवार देखी हुने प्रतियोगितामा झापा, मोरङ, उदयपुर, सुनसरी र इलाम जिल्लाका यु–१६ क्रिकेट टोलीको सहभागिता रहको छ । प्रतियोगिताका खेलहरु विष्णु माध्यमिक विद्यालय मैदान दुहबीमा हुनेछ ।

कोशी प्रदेश क्रिकेट सङ्घका अनुसार प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा प्रदेश टोलीको घोषणा हुनेछ । उक्त टोलीले यु–१६ राष्ट्रिय प्रतियोगिता खेल्नेछ ।

नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको एसिया पूर्वी क्षेत्रीय प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनोट प्रतियोगिता गरिरहेको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.