यु–१६ क्रिकेट प्रतियोगिताका लागि पर्वतको टोली घोषणा
पर्वत । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिताको लागि पर्वत जिल्ला क्रिकेट संघले टोली घोषणा गरेको छ । सरोज खत्रीको कप्तानी जिल्ला क्रिकेट संघले १४ सदस्यीय टोली छनोट गरेको हो ।
टोलीमा कप्तान सरोज खत्रीसँगै किरण पौडेल, राजन सुवेदी, सचिन गिरी, गणेश श्रेष्ठ, खेम बहादुर नेपाली, दिपेन्द्र भण्डारी, राज प्रताप क्षेत्री, रोशन क्षेत्री, प्रशान्त राज पौडेल, पुष्कल गौडेल, सुरज भुषाल, सफल सुवेदी र विपिन क्षेत्री रहेका छन ।
त्यस्तै बैकल्पिक खेलाडीमा अंकुस कुँवर, सन्गीत कुँवर, कृष कुँवर, बिवेश कुँवर, प्रकाश सुवेदी र शिव पौडेल रहेका छन ।
प्रतियोगिताका लागि प्रशिक्षकमा राजु थापा र टोली व्यवस्थापकमा अनिष श्रेष्ठलाई चयन गरेको पर्वत जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताको लागि संघले यहि चैत्र २६ गतेदेखी बन्द प्रशिक्षण सुरु गर्ने जनाएको छ ।
गण्डकी प्रदेश क्रिकेट सङ्घका अनुसार प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा प्रदेश टोलीको घोषणा हुनेछ । उक्त टोलीले यु–१६ राष्ट्रिय प्रतियोगिता खेल्नेछ । नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको एसिया पूर्वी क्षेत्रीय प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनोट प्रतियोगिता गरिरहेको छ ।

टिप्पणी लेख्नुहोस्