यु–१६ क्रिकेट प्रतियोगिताका लागि बाराको टोली घोषणा
बारा । जिल्ला क्रिकेट संघ बाराले यु–१६ क्रिकेट प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ ।
यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेश स्तरिय छनोट प्रतियोगिताका लागि जिल्ला क्रिकेट संघ बाराले टोली घोषणा गरेको हो ।
रोशन साहको कप्तानीमा १४ सदस्यी टोली छनोट गरिएको जिल्ला क्रिकेट संघ बाराले जनाएको छ ।
टोलीमा रोशन साह (कप्तान), निरज यादव (विकेटकिपर), शशी प्रजापति, दिप सहनी, मोहम्मद मोनु, कमलेश पटेल, संजीव पटेल, कृष्ण सर्राफ, दिपेन्द्र पासवान, रोशन साह, सिरज हवारी, शुसान्त सिंह, मोहम्मद सावन र रोशन पोखरेल रहेका छन ।
यस्तै, रिजर्भमा सबजन मन्सुरी, खिलराज सर्राफ, समिर आलम र किसन साह रहेका छन ।
प्रतियोगिताका लागि प्रशिक्षकमा समिर नेपाल र व्यवस्थापकमा बिजकिसोर ठाकुरलाई चयन गरिएको संघले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत बाराले आफ्नो पहिलो खेल रौतहटसँग चैत २९ गते खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्