लेख विवरण

यु–१६ राष्ट्रिय क्रिकेट : लुम्बिनी र कोशी प्रदेश विजयी

यु–१६ राष्ट्रिय क्रिकेट : लुम्बिनी र कोशी प्रदेश विजयी

धनगढी । धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ अन्तर्गत आजको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको छ ।


टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले २९ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । लुम्बिनीका लागि सन्तोष यादवले ४५ र आशिष ओलीले २२ रन बनाए । सुदूरपश्चिमका लागि आशिष शाही र अशोक धामीले दुई÷दुई विकेट लिए ।

सुदूरपश्चिम २८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका नरेन भट्ट ३२ र ऋतिक थापाले २५ रन बनाउँदा मेट्रिक थापाले अविजित २२ रन बनाए । लुम्बिनीका आशिष ओलीले ४ विकेट लिए । सागर गैह्रे, कमरान अहमद र सन्तोष यादवले एक÷एक विकेट लिए । चार विकेट लिन सफल लुम्बिनीका आशिष ओली ‘प्लेयर आफ द म्याच’ घोषित भए ।

आजै भएको अर्को प्रतिस्पर्धामा कोशी प्रदेशले बागमती प्रदेशलाई १६ रनले पराजित ग¥र्यो । टस जितेर पहिले ब्याटिङ गरेको कोशीले २८ दशमलव चार ओभरमा सबै विकेट क्षतिमा १५१ रन बनायो ।

उसका लागि दिपु भुजेलले ३७, अलिश मण्डलले २६ र आशिक मगरले अविजित २२ रन बनाए । बागमती प्रदेशका लागि सुविन हाडाले चार विकेट लिए । त्यस्तै अथर्व पौडेल र सार्थक धितालले दुई÷दुई विकेट लिए ।

बागमतीले २८ दशमलव दुई ओभरमा सबै विकेट क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो । बागमतीका लागि रोशन विकले २१ रन र सुयांशु कोइरालाले २० रन बनाए । कोशीका लागि कृतिक कामतले चार विकेट लिए । प्रतिश पौडेल र आशिक मगरले दुई÷दुई विकेट लिए । चार विकेट लिएका कोशीका कृतिक कामत प्लेयर अफ द म्याच भए ।

आजको प्रतिस्पर्धामा जित हात पारेको लुम्बिनीले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । पहिलो खेल जितेको सुदूरपश्चिम प्रदेश भने आजको प्रतिस्पर्धामा लुम्बिनीसँग हारेको हो । कोशी प्रदेशको पहिलो जित हो । पहिलो खेलमा कोशी गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.