यु–२३ पुरुष बास्केटबल : टाइम्स र रोयल फाइनलमा
काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र आयोजक रोयल स्पोर्ट्स सेन्ट्रल जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
टाइम्सले विशाल मिलन केन्द्र (वीएमके) लाई ८७–६५ ले पराजित ग¥यो । टाइम्सको जितमा श्रेयश शाहले २० अंक योगदान गरे । रवि पौडेलको २१ अंकको सहयोगमा अघिल्ला दुवै संस्करणको विजेता रोयलले अन्माइस नेपाललाई ८७–५१ ले हरायो । प्रतियोगिताको फाइनल बुधबार हुने छ ।

टिप्पणी लेख्नुहोस्