लेख विवरण

यु–२३ बास्केटबल : टाइम्स र अन्माइस सेमिफाइनलमा

यु–२३ बास्केटबल : टाइम्स र अन्माइस सेमिफाइनलमा

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र अन्माइस नेपाल जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगिता अन्तर्गत सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । टाइम्स समूह ‘बी’ को विजेता तथा अन्माइस सो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

आईतवार भएको खेलमा टाइम्सले क्वेस्ट इन्टरनेसनल कलेजलाई ७८–३४ ले पराजित ग¥यो । टाइम्सको जितमा मनीष केसीले १५ अंक योगदान गरे । क्वेस्टका आयोन स्थापित र रोजन वज्राचार्यले समान ८–८ स्कोर गरे । सुनिल मगरको २४ अंक सहयोगमा अन्माइसले धरान मेघा कलेजलाई ७८–६९ ले हरायो ।

सेमिफाइनलमा अन्माइसको भेट आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलसंग हुने छ । अर्को सेमिफाइनल टाइम्स र विशाल मिलन केन्द्र (बीएमके) बीच हुने छ ।

रोयलले इक्याब मेरिलियोन जिम्नाजियमलाई ७१–४६ ले पाखा लगाउदै समूह ‘ए’ विजेताका हैसियतमा सेमिफाइनल पुग्यो । रोयलका रवि पौडेलले २३ अंक जोडे । रोयलको जितसंगै बीएमके समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अर्को महत्वहीन लिगमा शंकरदेव क्याम्पसले टिम सिंहमाथि ५४–३७ को जित दर्ता ग¥यो । शंकरदेवका लोकेन्द्रले १४ अंक बटुले ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.