लेख विवरण

यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : लुम्बिनी प्रदेश विजयी

यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : लुम्बिनी प्रदेश विजयी

काठमाडौं । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश विजयी भएको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो । प्रदेश १ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा ओपनर देव खनालले सर्वाधिक १९ रनको योगदान दिए । अर्का ओपनर आकाश त्रिपाठी १७ रन बनाएर आउट भए । प्रज्जवल थापाले १५ रन बनाएर आउट हुँदा सुनिल भण्डारी (६) र बिशाल भुषाल (८) रनमा अविजित रहे । बलिङमा प्रदेश १ का लागि कप्तान दिपेश कँडेलले ३ तथा बिपिन महतोले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले २६.२ ओभरमा अलआउट हुदै ६९ रन बनायो । टोलीका लागि ओपरन सुभन गहतराज (२२) र इस्टन रिजालले (१९) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशका लागि बलिङमा निर्मल गुरुङले सर्वाधिक ५ विकेट लिए । खेलको म्यान अफ द म्याच भएका उनले ४.२ ओभरमा २ मेडन सहित मात्र ४ रन खर्चे । दुर्गेश गुप्ताले २ विकेट लिदा अभिषेक गौतम र तुल बहादुर थापाको नाममा एक एक विकेट रह्यो ।

जितसँगै लुम्बिनी प्रतियोगिताको अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । टोलीले आइतवार मधेश प्रदेशसँग लिगचरणको अन्तिम खेल खेल्नेछ । अंक तालिकाको शिर्ष स्थानमा रहने टोलीले सोमवार फाइलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.