लेख विवरण

यु १९ राष्ट्रिय क्रिकेट : मधेश प्रदेश विजयी

यु १९ राष्ट्रिय क्रिकेट : मधेश प्रदेश विजयी

काठमाडौं । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले गण्डकीलाई ५ विकेटले पराजित गरेको छ । गण्डकीले दिएको २१४ रनको लक्ष्य मधेश प्रदेशले ४८.३ ओभरमा ५ विकेट गुमाउदै पु्रा गर्यो । टोलीको जितमा ओपनर मयन यादवले सर्वाधिक ४९ रनको योगदान दिए । ७४ बलको सामना गर्ने क्रममा उनले ४ चौंका र १ छक्का प्रहार गरे । मधेश प्रदेशका लागि मेघ राज रामले पनि ४३ रनको योगदान दिए । अनिल अंसारीले ३२ रन बनाउदा सरफराज मंसुरी २१ रन बनाएर आउट भए । डब्लु मलिक २१ र कप्तान अभिषेक तिवारी १३ रनमा अविजित रहे । गण्डकीका लागि बलिङमा शिसिर भुषाल, नितेश गिरि, अर्जुन कुमाल र करन पङेनीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकीले ४८.५ ओभरमा अलआउट हुँदै २१३ रन बनायो । टोलीका लागि ओपनर गोविन्द बिकले ५३ रनको अर्धसतकीय पारी खेले । ८४ बलको सामना गर्ने क्रममा उनले ४ चौंका प्रहार गरे । सुजन गौतम (३०), सुदिप अर्याल (२७), करण पङेनी (२५) र सिविरन श्रेष्ठले (१६) रन बनाएर आउट भए । मधेश प्रदेशका लागि बलिङमा साइमन रायले सर्वाधिक ३ विकेट लिए । अब्जित मंडल, नितेश यादव र अभिषेक तिवारीले समान २-२ विकेट लिए । निकेश गुप्ताको नाममा एक विकेट रह्यो । खेलको म्यान अफ द म्याच मयन यादव भए ।

प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । अंक तालिकाको शिर्ष स्थानमा रहने टोलीले सोमवार फाइलमा प्रतिस्पर्धा गर्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.