लेख विवरण

यु १९ राष्ट्रिय क्रिकेट : सुदुरपश्चिम प्रदेश विजयी

यु १९ राष्ट्रिय क्रिकेट : सुदुरपश्चिम प्रदेश विजयी

काठमाडौं । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

बागमती प्रदेशले दिएको १२५ रनको लक्ष्य सुदुरपश्चिमले १९.१ ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा कप्तान अनुराग सिहंले ३९ रनको अविजित पारी खेले । ४४ बल सामना गर्ने क्रममा उनले ६ चौंका प्रहार गरे । सुदुरपश्चिमका लागि मिलन बोहराले पनि ३३ रनको योगदान दिए । ओपनरद्धय दीपक बोहरा (१७) र दिपक बोहरा (बी) १० रन बनाएर आउट भए। गजेन्द्र बोहराले अविजित १९ रन बनाए । बागमतीका लागि रोशन बिकले २ तथा प्रतिक श्रेष्ठले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले २८.४ ओभरमा अलआउट हुँदै १२४ रन बनायो । टोलीका लागि कप्तान प्रतिक श्रेष्ठले सर्वाधिक ४४ रन बनाए । रोहन बिकले अविजित ३६ रन बनाउदा सक्षम बस्ताकोटी ३३ रन बनाए आउट भए । सुदु्पश्चिमका लागि बलिङमा आकाश चन्दले सर्वाधिक ४ विकेट लिए । ५.४ ओरभ बलिङ गरेका उनले १ मेडन सहित मात्र १२ रन खर्चे । हेमन्त धामी (३), नरेन साउद (२) तथा युवराज खत्रीले १ विकेट लिए । खेलको म्यान अफ द म्याच आकाश चन्द भए ।

प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । अंक तालिकाको शिर्ष स्थानमा रहने टोलीले सोमवार फाइलमा प्रतिस्पर्धा गर्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.