लेख विवरण

यूएईको बिरुद्धको एकदिवसीय सिरिज नेपाललाई

यूएईको बिरुद्धको एकदिवसीय सिरिज नेपाललाई

काठमाडौं । तेस्रो एकदिवसीयमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले घरेलु मैदानमा एकदिवसीय सिरिज २-१ ले जितेका छ । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । यूएईले दिएको लक्ष्य पुरा गर्न ब्याटिङ गर्न आएको नेपाली टोलीको सुरुवात राम्रो हुन सकेन । ओपनर अर्जुन साउद ३३ बलमा ९ रन बनाएर आउट भए ।

त्यसपछि मैदानमा आएका ज्ञानेन्द्र मल्ल र अर्का ओपनर आसिफ शेखको पारीले नेपाललाई जिततर्फ उन्नमुख गर्यो । ज्ञानेन्द्र र आसिफबीच १२२ रनको साझेदारी भयो । ७३ बलमा ६४ रन बनाएर मल्ल ३३ ओभरको पहिलो बलमा आउट भए ।

त्यसपछि चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल र आसिफ शेखको जोडीले नेपाललाई जित नजिक पुर्यायो । आसिफले अविजित ८८ रन बनाए । रोहित पौंडेलले १० रन बनाएर आउट भए । बलिङमा यूएईका लागि हजरत बिलाल र आयान अफजल खानले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाउदै १७६ रन बनाएको थियो । टोलीका लागि आयान अफजल खानले सर्वाधिक ५४ रनको अविजित अर्धसतकीय पारी खेले । अलिशान शराफुले ३३ रन बनाउदा रोहन मुस्ताफाले २४ रन बनाए । मोहम्मद रिजवानले ११ र हजरत बिलालले २० रनमा अविजित रहे । नेपालका लागि बलिङमा कुशल भुर्तेल, गुलशन झा र दिपेन्द्र सिंह ऐरिले समान २ २ विकेट लिए । सोमपाल कामी र ललित राजबंशीको नाममा एक एक विकेट रह्यो ।

जितसँगै नेपालले घरेलु मैदानमा यूएई बिरुद्धको एकदिवसीय सिरिज २-१ ले जितेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.