लेख विवरण

यूएई बिरुद्धको पहिलो खेलमा नेपालले टस जितेर बलिङ गर्दै

यूएई बिरुद्धको पहिलो खेलमा नेपालले टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको छ । त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेको यूएईले सुरुवाती ब्याटिङ गर्नेछ ।

पहिलो एकदिवसीय खेलमा नेपालको सुरुवाती ११ मा रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, हरिशंकर शाह, अर्जुन साउद र गुलशन झा रहेका छन । नेपालका लागि हरिशंकर शाह र अर्जुन साउदले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन ।

यूएईको सुरुवाती ११ मा सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप(कप्तान), अहमद राजा, एलिशान शरफुल, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान र जुनैद्द सिद्दीक रहेका छन ।

यस सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिएको क्यानले जनाएको छ । त्रिवि मैदान कीर्तिपुरमा युएई र नेपालबीच दोस्रो खेल ३० गते र तेस्रो खेल मङ्सिर २ गते हुनेछ ।

क्यानले यस सिरिजमा ‘‘म्यान अफ दि सिरिज’’ विजेतालाई ५० हजार र प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई जनही २० हजार रुपियाँ पुरस्कार दिने जनाएको छ । क्यानले सिरिज हेर्न आउने दर्शकका लागि दुई सय रुपियाँ शुल्क तय गरेको पनि जनाएको छ ।

नेपालले युएईसँग झण्डै चार वर्षपछि दुईदेशीय शृंखला खेल्न लागेको हो । यसअघि २०१९ जनवरी÷फेब्रुअरीमा नेपालले युएईमा गएर तीन एकदिवशीय अन्तर्राष्ट्रिय र तीन टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेलेको थियो ।

नेपाली क्रिकेट टोली : रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा ।

युएईको टोली : सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप(कप्तान), अहमद राजा, एलिशान शरफुल, आदित्य सिठ्ठी, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, अश्रन्त वल्थापाल, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, जुनैद्द सिद्दीक, विष्णु सुकुमारन र सबिर अली ।

May be an image of 1 person and text

टिप्पणी लेख्नुहोस्

Please Login to comment.