लेख विवरण

यू–१७ विश्वकप : भारत अमेरिकासँग ८–० ले पराजित

यू–१७ विश्वकप : भारत अमेरिकासँग ८–० ले पराजित

काठमाडौं । भारतमा फिफा यू–१७ महिला विश्वकप सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा भारत अमेरिकासँग ८–० ले पराजित भएको छ । उडिसाको कलिंगा रङ्गशालामा मंगलबार भएको खेलमा भारत पराजित भएको हो ।

खेलको पहिलो हाफमा पाँच गोलको खाएको भारतीय टोलीले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । खेलको ६२ औं मिनेटमा आठौं गोल खाएपछि अन्तिम ३० मिनेटसम्म अमेरिकालाई गोल गर्नबाट रोक्नु भारतीय टोलीका लागि एक मात्र सकारात्मक पक्ष थियो ।

महिला विश्वकप अन्तर्गत दिनमा ४ खेल हुनेछन् । २० दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल ३० अक्टूबरमा हुनेछ ।

फाइनल खेल नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा हुनेछ । दुवै सेमिफाइनल गोवाको पण्डित जवाहरलाल नेहरु स्टेडियममा हुनेछ । प्रतियोगितामा १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा भारत, अमेरिका, मोरक्को र ब्राजिल छन् भने समूह 'बी' मा जर्मनी, नाइजेरिया, चिली र न्युजिल्यान्ड छन् । समूह 'सी' मा स्पेन, कोलम्बिया, मेक्सिको र चीन रहेका छन् भने समूह 'डी ' को अन्तिममा जापान, तान्जानिया, क्यानडा र फ्रान्स रहेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.