लेख विवरण

यू–१९ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने

यू–१९ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ । भारतमा चैत १ देखि ११ गतेसम्म आयोजना हुने यू–१९ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार भारतको जमशेदपुरमा हुने प्रतियोगितमा नेपाल, भारत र बंगलादेशगरि तीन टोलीको सहभागिता रहनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिातको दोस्रो खेलमा नेपालले चैत्र ३ गते बंगलादेश, ७ गते भारत र अन्तिम खेल ९ गते बंगलादेशसँग खेल्नेछ । शीर्षस्थानमा रहने दुई टोली फाइनलमा भिड्नेछन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.