लेख विवरण

यू–१९ राष्ट्रिय क्रिकेट : कर्णालीलाई सुदुरपश्चिमले ५ विकेटले हरायो 

यू–१९ राष्ट्रिय क्रिकेट : कर्णालीलाई सुदुरपश्चिमले ५ विकेटले हरायो 

काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीलाई सुदुरपश्चिम प्रदेशले ५ विकेटले पराजित गरेको छ । टियु मैदानमा भएको खेलमा सुदुरपश्चिमको जितमा मिलन बोहरा नायक बने । उनले टोलीको जितमा सर्वाधिक ४२ रन बनाउदै ३ विकेट पनि लिए । ४७ बलको सामना गरेका बोहराले ७ चौंका र १ छक्का प्रहार गरे । खेलको म्यान अफ द म्याच बनेका उनले बलिङमा पनि २१ रन खर्चिदै सर्वाधिक ३ विकेट लिए । सुदुरपश्चिमको जितमा ओपनर दिपक बोहरा (क) र दिपक बोहरा (ख)ले समान २०-२० रनको योगदान दिए । कप्तान अनुराग सिंहले १० रन बनाउदा सुनिल चन्द १३ रनमा अविजित रहे । कर्णालीका लागि बलिङमा अनुज चुनाराले सर्वाधिक ३ विकेट लिए । सन्दीप शाही र मोहन बिकको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले ३२.३ ओभरमा अल आउट हुदै १२७ रन बनायो । टोलीका लागि दिनेश अधिकारीले अविजित ३५ रन बनाए । सुवास अयर (३०), आवाश शाह (१५), बिपिन रावल (१९) र सन्दीप शाही (१०) रन बनाएर आउट भए । बलिङ सुदुरपश्चिमका लागि मिलन बोहराले सर्वाधिक ३ विकेट लिए । नरेन साउदले २ विकेट लिदा हेमन्त धामी र कैलाश अयरको नाममा एक एक विकेट रह्यो ।

प्रतियोगितामा ७ प्रदेशका टोलीबीच सिंगल राउन्ड रोविनको आधारमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल मसिंर १९ मा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.