लेख विवरण

यू–१९ राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी

यू–१९ राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी

काठमाडौं । उननाइस वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई २ विकेटले पराजित गर्दै विजयी भएको हो । टोलीको जितमा मोहन बिकले ३८ रनको अविजित पारी खेले । ४० बलको सामना गर्दे उनले ६ चौंका प्रहार गरे । कर्णालीका लागि ओपनर मनिष थापा (३२), अनिरुद्र कुँवर (१६), सुवास अयर (१४) र आवाश शाहले (१२) रनको योगदान दिए ।

मधेश प्रदेशका लागि बलिङमा रन्जित कुमारले १० ओभरमा ३ मेडन फाल्दै २३ रन दिएर सार्वाधिक ५ विकेट लिए । अभिजित मण्डलले २ विकेट लिदा राजेश यादवको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेश प्रदेशले ४१.५ ओभरमा अलआउट हुँदै १३५ रन बनायो । टोलीका लागि ओपनर सैलेन्द्र साहले सर्वाधिक ३१ रन बनाए । अर्का ओपनर मयन यादव १८ रन बनाएर आउट हुँदा सरफराज मन्सुरी (१७), मेघराज राम (१६) र डबलु मलिक (१५) रन बनाए ।

कर्णालीका लागि बलिङमा खेलको म्यान अफ द म्याच युनिश सिंहले १० ओभरमा २ मेडन सहित ३५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । मोहन बिक र आवाश शाहले सामान २ २ विकेट लिदा गणेश डडेलको नाममा एक विकेट रह्यो । ७ प्रदेशका टोलीबीच सिंगल राउन्ड रोविनको आधारमा शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । फाइनल मसिंर १९ मा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.