यू–१९ राष्ट्रिय क्रिकेट : गण्डकीलाई बागमती प्रदेशले ७४ रनले हरायो
काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिवि मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ७४ रनले पराजित गरेका छ । टोलीका जितमा अशोक पौंडेलले सर्वाधिक ३ विकेट लिए । ओमकार यादव, प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान २-२ विकेट लिए । अभिषेख कोईरालाको नाममा एक विकेट रह्यो । २९४ रनको लक्ष्य पछ्याएको गण्डकी ४५.४ ओभरमा सबै विकेट गुमाउदै २१९ रन बनायो । टोलीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ९८ रनको अर्धसतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन । ११९ बलको सामना गरेका उनले ९ चौंका र १ छक्का प्रहार गरे । गण्डकीका अन्य खेलाडीहरुमा सिब्रिन श्रेष्ठले (२१) रन बनाउदा गोविन्द बिक र करण पङेनीले समान १३-१३ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ४८.१ ओभर खेल्दै सबै विकेट गुमाएर २९३ रन बनाएको थियो । टोलीका लागि उत्तम थापा मगरले सर्वाधिक ८७ रनको अर्धसतकीय पारी खेले । ७० बलको सामना गरेका उनले १० चौंका र ३ छक्का प्रहार गरे । अर्का खेलाडी योगेश भाटले पनि ५२ रनको अर्धसतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले ५ चौंका ३ छक्का प्रहार गरे । बागमतीका अन्य खेलाडीहरुमा ओमकार यादव (३७), सक्षम बस्ताकोटी (१८), लकी कठायत (१२) रन बनाएर आउट भए । अथर्व पौड्याल र अभिषेक कोइरालाले क्रमशः २१ र ३२ रन बनाए ।
गण्डकी प्रदेशका लागि बलिङमा नितेश गिरी र सुदिप अर्यालले समान ३ ३ विकेट लिए । सुबास भण्डारी, अर्जुन कुमाल र सिब्रिन श्रेष्ठले समान एक एक विकेट लिए । प्रतियोगितामा ७ प्रदेशका टोलीबीच सिंगल राउन्ड रोविनको आधारमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल मसिंर १९ मा हुनेछ ।

टिप्पणी लेख्नुहोस्