लेख विवरण

यू–१९ राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेशलाई २९४ रनको लक्ष्य

यू–१९ राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेशलाई २९४ रनको लक्ष्य

काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । मङ्सिर ७ देखि १९ गतेसम्म त्रिवि मैदान र मूलपानी मैदानमामा जारी प्रतियोगितामा सात प्रदेशको सहभागिता रहेको छ ।

तालिका अनुसार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर ब्याटिङ गरेको बागमतीले ४८.१ ओभर खेल्दै सबै विकेट गुमाएर २९३ रन बनाएको छ । टोलीका लागि उत्तम थापा मगरले सर्वाधिक ८७ रनको अर्धसतकीय पारी खेले बनाए । ७० बलको सामना गरेका उनले १० चौंका र ३ छक्का प्रहार गरे । अर्का खेलाडी योगेश भाटले पनि ५२ रनको अर्धसतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले ५ चौंका ३ छक्का प्रहार गरे । बागमतीका अन्य खेलाडीहरुमा ओमकार यादव (३७), सक्षम बस्ताकोटी (१८), लकी कठायत (१२) रन बनाएर आउट भए । अथर्व पौड्याल र अभिषेक कोइरालाले क्रमशः २१ र ३२ रन बनाए ।

गण्डकी प्रदेशका लागि नितेश गिरी र सुदिप अर्यालले समान ३ ३ विकेट लिए । सुबास भण्डारी, अर्जुन कुमाल र सिब्रिन श्रेष्ठले समान एक एक विकेट लिए । २९४ रनको लक्ष्य पाएको गण्डकीले केही बेरमा ब्याटिङ गर्नेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.