लेख विवरण

यू–१९ राष्ट्रिय क्रिकेट : प्रदेश १ ले गण्डकी प्रदेशलाई हरायो

यू–१९ राष्ट्रिय क्रिकेट : प्रदेश १ ले गण्डकी प्रदेशलाई हरायो

काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले गण्डकी प्रदेशलाई २१ रनले पराजित गरेको छ । प्रदेश १ को जितमा सोनु अन्सारीले सर्वाधिक ६४ रनको योगदान दिए । अर्धसतक बनाएका अन्सारीले ९४ बलको सामना गर्दै ६ चौंका र १ छक्का प्रहार गरे । टोलीका जितमा महत्वपूर्ण योगदान दिएका कप्तान दिपेश कँडेलले ७५ बलमा ३६ रन बनाउदै सर्वाधिक ३ विकेट लिए । उनी खेलको म्यानअ अफ द म्याच बने । प्रदेश १ का लागि फैजल रहमानले २६ रन बनाउदा सुभन गहतराज १२ रन बनाएर आउट भए । टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले ४९.४ ओभरमा अल आउट हुँदै १८३ रन बनाएको थियो । गण्डकी प्रदेशका लागि बलिङमा शिशिर भुषालले सर्वाधिक ४ विकेट लिए । नितेश गिरिले ३ विकेट लिए सुवाश भण्डारी २ विकेट लिए । सुदिप अर्यालको नाममा एक विकेट रह्यो ।

प्रदेश १ ले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशको टोली ४८.३ ओभरमा अल आउट हुँदै १६२ रनमै रोकियो । टोलीका लागि करण पङ्गेनीले सर्वाधिक ४८ रन बनाए । हिजो बागमती प्रदेश विरुद्धको खेलमा शतक बनाउनबाट २ रनले चुकेका अर्जुन कुमाल मात्र २२ रन बनाएर आउट भए । गण्डकीका अन्य खेलाडीहरुमा दिपक डुम्रे (२५), कप्तान सुवास भण्डारी (१८) र शिशिर भुषाल (१०) रन बनाएर आउट भए । बलिङमा प्रदेश १ का लागि कप्तान दिपेश कँडेल र आश्विन महतोले समान ३-३ विकेट लिए । बिपिन महतो र सोनु अन्सारीको नाममा २-२ विकेट रह्यो ।

प्रतियोगितामा ७ प्रदेशका टोलीबीच सिंगल राउन्ड रोविनको आधारमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल मसिंर १९ मा हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.