यू–१९ राष्ट्रिय क्रिकेट : बागमती र सुदुरपश्चिम विजयी
काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट अन्तर्गत भएको खेलमा बागमती र सुदुरपश्चिम प्रदेश विजयी भएका छन । टियु क्रिकेट मैदानमा भएको खेलमा बागमतीले प्रदेश १ लाई ७२ रनले पराजित गर्यो । बागमतीको जितमा खेलको म्यान अफ द म्याच बनेका प्रतिक श्रेष्ठले अविजित १४२ रनको सतकीय पारी खेले । १०८ बलको समाना गरेका प्रतिकले १० चौंका र ९ छक्का प्रहार गरे । टस हारेर ब्याटिङ गरेको बागमतीका लागि सक्षम बस्ताकोटी (२३), कप्तान अशोक पौंडेल (२५), अर्थव पौडेल (१५) र योगेश भाटले (१४) रन बनाए । प्रदेश १ का लागि बलिङमा दिपेश कँडेल, बिपिन महतो र सोनु अन्सारीले २-२ विकेट लिए । अभिनय राजबंशी र आशिष मगरको नाममा एक एक विकेट रह्यो ।

बागमतीले दिएको २७० रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ टोली ४९.१ ओभर खेल्दै १९७ रनमा अलआउट भयो । टोलीका लागि कप्तान दिपेश कँडेलले सर्वाधिक ४७ रन बनाए । इस्टेन रिजाल (३५), सभुन गहतराज (२६), फैजुल रहमान (२४) र सोनु अन्सारी (१३) रन बनाएर आउट भए । बागमतीका लागि बलिङमा सक्रिय कार्कीले सर्वाधिक ३ विकेट लिए । ओमकार यादवले २ विकेट लिदा अहमद राजा, अभिषेक कोईराला र अर्थव पौड्यालको नाममा एक एक विकेट रह्यो ।

मूलपानी मैदानमा आजै भएको अर्को खेलमा सुदुरपश्चिमले लुम्बिनी प्रदेशलाई १०० रनले पराजित गरेको छ । सुदुरपश्चिमको जितमा खेलको म्यान अफ द म्याच बनेका आकाश चन्दले ३ ओभरमा १३ रन दिदै सर्वाधिक ५ विकेट लिए । टोलीको जितमा हेमन्त धामीले ३ विकेट लिदा कैलाश अयरको नाममा एक विकेट रह्यो । सुदुरपश्चिमले दिएको १८१ रनको लक्ष्य पछ्याएको लुम्बिनी टोली २१ ओभरमा ८० रन बनाउदै अल आउट भयो । टोलीका लागि ओपनरद्धय आकाश त्रिपाठी र देब खनालले क्रमश २२ र १३ रन बनाउदा मनोज मगरले ११ रन बनाए । त्यसबाहेक लुम्बिनीका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.५ ओभरमा अल आउट हुँदै १८० रन बनायो । टोलीका लागि दिपक बोहराले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाए । दुर्गेश गुप्ताको बलमा एलबीडब्लु हुनअघि उनले ७३ बलमा ८ चौंका प्रहार गरे । ओपनर दिपक बोहरा र नरेन साउदले समान १७-१७ रन बनाए । गजेन्द्र बोहरा (१९), बिशाल अयर (१६) र हेमन्त धामी (१५) रन बनाएर आउट भए । लुम्बिनीका बिशाल बिक्रम केसीले ३ विकेट लिदा नर सार्की र निर्मल गुरुङले २-२ विकेट लिए । दुर्गेश गुप्ता र रमेश कुर्मीको नाममा एक एक विकेट रह्यो ।

जितसँगै सुदुरपश्चिम प्रदेश ४ अंक सहित समुह तालिकाको शिर्ष स्थानमा उक्लेको छ । समान अंक रहेको बागमती प्रदेश तालिकाको दोस्रो स्थानमा रहेको छ । ७ प्रदेशका टोलीबीच सिंगल राउन्ड रोविनको आधारमा शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । फाइनल मसिंर १९ मा हुनेछ ।


टिप्पणी लेख्नुहोस्