लेख विवरण

यू–२३ च्याम्पियनसिपका लागि भलिबल टोली घोषणा

यू–२३ च्याम्पियनसिपका लागि भलिबल टोली घोषणा

काठमाडौं । बङ्गलादेशको ढाकामा पुस ५ देखि १२ गतेसम्म आयोजना हुने काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ । नेपाल भलिबल सङ्घले शनिबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

एक महिला लामो बन्द प्रशिक्षणमा रहेको २० खेलाडीबाट मुख्य प्रशिक्षक जगदीश भट्ट र प्रशिक्षक भरत यादवले खेलाडीको प्रदर्शनका आधारमा अन्तिम टोलीको छनोट गरेको सङ्घले जनाएको छ । बन्दप्रशिक्षण अघि भएको खुला छनोटमा देशभरबाट ८० खेलाडी सहभागी थिए ।

१४ सदस्यीय अन्तिम टोलीका खेलाडीहरूमा धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुरौ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट् भण्डारी, गौरव पाण्डे र भीमराज गुरुङ छन । टोलीको प्रशिक्षकमा प्रज्वलनबहादुर सिंह रहेका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.