लेख विवरण

यू–२३ पुरुष बास्केटबलमा रोयलको विजयी सुरुवात

यू–२३ पुरुष बास्केटबलमा रोयलको विजयी सुरुवात

काठमाडौं । आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेश्रो रोयल यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुवात गरेको छ । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले हरायो । रोयलका रवि पौडेलेले १९ अंक जोडे । रोयल अघिल्ला दुवै संस्करणको विजेता हो ।

त्यस्तै जेभियर, विशाल मिलन केन्द्र (बीएमके) र टाइम्सले पनि जितका साथ यात्रा प्रारम्भ गरे । जेभियरले क्वेस्टलाई ५८–३८ ले हरायो । जेभियरका लागि सम्राट भूमिले सर्वाधिक २० स्कोर गरे । बीएमकेले शंकरदेव क्याम्पसमाथि ५८–५० को जित निकाल्यो । बीएमकेका सोनम तेन्जिङले १९ स्कोर गरे ।

अन्माइस नेपालविरुद्धको प्रतिस्पर्धामा टाइम्स ७७–४६ ले विजयी भयो । टाइम्सका मनीष केसीले १५ अंक जोडे । प्रतियोगितामा १० टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइएको । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । विजेता टिमले ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । फाइनल बुधबार हुने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.