यू १९ राष्ट्रिय क्रिकेटः छनोट प्रतियोगिता सुरु
बैतडी । वाई वाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीमा छनोट प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्लामा रहेका क्लबहरुमा रहेको यू १९ खेलाडीहरुलाई बोलाएर छनोट प्रतियोगिता सञ्चालन गरिएको छ ।
छनोट प्रतियोगितामा बैतडी ‘ए’ र बैतडी ‘बी’ गरेर दुई टोली बनाइएको प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए । देहिमाडौँमा सुरु भएको उक्त छनोट प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट बैतडीको टोली घोषणा गरिनेछ । सो टोली सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजना वाई वाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मङ्सिर ६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ ।

टिप्पणी लेख्नुहोस्