लेख विवरण

रग्वीमा आर्मी र लुम्बिनी प्रदेशको विजयी शुरुवात

रग्वीमा आर्मी र लुम्बिनी प्रदेशको विजयी शुरुवात

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीका खेलहरु शनिबारबाट कास्कीको भण्डारढिक खेलमैदानमा शुरु भएका छन । शनिबार सम्पन्न पुरुषतर्फका २ खेलहरुमा आर्मी र लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेका छन् ।

विभागिय टोली नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई २४–५ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । ४ ट्राई र २ कन्भर्सनका साथ आर्मीले कुल २४ प्वाईन्ट बनाउन सफल भएको छ भने गण्डकी प्रदेशले १ ट्राईका साथ जम्मा ५ प्वाईन्टमात्रै बनाउन सक्यो ।

पुरुषतर्फकै दोश्रो खेलमा लुम्बिनीले बाग्मती प्रदेशलाई २०–५ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । खेल अवधिभर लुम्बीनी प्रदेशले ४ ट्राईका साथ २० प्वाईन्ट बनाउन सफल भएको थियो भने बाग्मती १ ट्राईका साथ ५ प्वाईन्टमा मात्रै सिमित हुन पुगेको थियो ।

शनिबारनै सम्पन्न महिलातर्फका खेलहरुमा गण्डकी प्रदेश र ससस्त्र प्रहरी बलको एपीएफले विजयी शुरुवात गरेका छन् । महिलातर्फको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १०–५ अंकको अन्तरले पराजित गरेको छ । गण्डकी प्रदेशले खेलको पहिलो हाफभित्रै २ ट्राईका साथ १० प्वाईन्ट बनाउन सफल भएको थियो भने कर्णाली प्रदेशले खेल अबधीभर १ ट्राईका साथ ५ प्वाईन्ट मात्रै बनाउन सक्यो ।

महिलातर्फको दोश्रो खेलमा ससस्त्र प्रहरीको विभागीय टिम एपीएफले मधेश प्रदेशलाई १७–५ ले पराजित गरेको छ । खेलको शुरुवातमै १ ट्राईका साथ ५ प्वाईन्ट बनाएर अग्रता बनाएको मधेश प्रदेशलाई एपीएफले २ ट्राई र २ कन्भर्सनका साथ १४ प्वाईन्ट बनाउँदै जित हासिल गरेको हो ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले रेफ्रिलाई रग्बी बल हस्तान्तरण गरेर गरेका थिए । कार्यक्रममा राष्टिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको उपस्थिीती रहेको थियो । प्रतियोगिताको दोश्रो दिन आईतबार पुरुषतर्फ ९ र महिलातर्फ ३ गरी रग्बीका १२ खेलहरु सञ्चालन हुनेछन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.