लेख विवरण

रणजी ट्रफीको इतिहासमा नागाल्याण्डले बनायो सबैभन्दा कम स्कोर

रणजी ट्रफीको इतिहासमा नागाल्याण्डले बनायो सबैभन्दा कम स्कोर

काठमाडौं । क्रिकेटलाई विनाकारण अनिश्चितताको खेल भनिदैन । शुक्रबार रणजी ट्रफीमा पनि यस्तै भएको छ । उत्तराखण्डविरुद्धको दोस्रो इनिङ्समा नागाल्याण्ड २५ रनमा अलआउट भएको छ । ४१ वर्षपछि रणजी ट्रफीमा दोस्रो न्युन स्कोर भएको छ । समूह ‘ए’ को खेलमा उत्तराखण्डले नागाल्याण्डलाई १७४ रनले पराजित गरेको छ ।

पहिलो इनिङ्समा १०७ रनको अग्रता लिएको उत्तराखण्डले दोस्रो इनिङ्स ७ विकेट ३०६ रनमा डिक्लेयर गरेको थियो । त्यसपछि नागाल्याण्डले जितका लागि २ सय रनको लक्ष्य पाएको थियो । जवाफमा टोली उत्तराखण्डका स्पिनरको अगाडि टिक्न सकेन । उत्तराखण्डका मयङ्क मिश्राले ९ ओभरमा ७ मेडन सहित ४ रन दिएर ५ विकेट लिए । स्वप्निल सिंहले ९ ओभरमा ५ मेडन सहित २१ रन खर्चेर ४ विकेट लिए । नागाल्याण्डले १८ ओभर मात्र खेल्न सकेको थियो ।

रणजी ट्रफीको इतिहासमा यो चौथो र पछिल्लो ४१ वर्षमा दोस्रो सबैभन्दा कम स्कोर हो । यसअघि यो कीर्तिमान हैदरावादको नाममा थियो । राजस्थानले हैदरावादलाई २१ रनमा अलआउट गरेको थियो । साथै उत्तर भारतले दक्षिणी पञ्जाबलाई २२ रनमा अलआउट गरेको थियो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.