लेख विवरण

रसिद खानले बनाए सबैभन्दा धेरै पटक आउट हुने खेलाडीको कीर्तिमान

रसिद खानले बनाए सबैभन्दा धेरै पटक आउट हुने खेलाडीको कीर्तिमान

काठमाडौं । गुजरात टाइटन्सका अलराउन्डर राशिद खान आईपीएल २०२२ को लिग खेलको आफ्नो इनिङमा पहिलो बलमा खाता नखोलि गोल्डेन डक आउट भएका छन्। खेलमा शून्य रनमा आउट भएसँगै उनले टी–२० क्रिकेटमा सर्वाधिक पटक शून्यमा आउट हुने कीर्तिमान बनाएका छन् ।

अलराउन्डर राशिद पञ्जाब किंग्स विरुद्धको खेलमा शून्यमा रनमा आफ्नो विकेट गुमाएर उक्त किर्तिमान बनाउने खेलाडीमा पहिलो स्थानमा रहन सफल भए । उनी ३३ औं पटक शून्य रनमामा आउट हुदै सुनील नारायणको रेकर्ड तोडेका थिए । सुनील ३२ पटक शून्यमा आउट भएका छन । क्रिस गेल टी–२० क्रिकेटमा सर्वाधिक पटक शून्य रनमा आउट हुने क्रममा तेस्रो स्थानमा रहेका छन ।

टी २० क्रिकेटमा शुन्य रनमा धेरै पटक आउट हुने शीर्ष ३ ब्याट्सम्यानहरुमा राशिद खान ३३, सुनील नारायण ३२ र क्रिस गेल ३० पटक रहेका छन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.