लेख विवरण

राखेपद्वारा तीन वटा संघ पुनर्गठन

राखेपद्वारा तीन वटा संघ पुनर्गठन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दोसहित तीन वटा संघ पुनर्गठन गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै राखेपले तेक्वान्दोसहित उसु र बडिबिल्डिङ सङ्घलाई पुनर्गठन गरेको हो ।

राखेप सदस्य सचिव टङ्कलाल घिसिङले अस्तित्वमा रहेका दुई वटै तेक्वान्दो सङ्घलाई विगठन गर्दै प्रदीप जोशीको संयोजकत्वमा तदर्थ कमिटी गठन गरेका छन, भने विवादित नेपाल उसु महासङ्घमा जनक बर्तौलाको नेतृत्वमा तदर्थ कमिटी गठन गरिएको छ । यस्तै दुई वटा सङ्घको रुपमा अस्तित्वमा रहेको बडिबिल्डिङमा सहमतिका आधारमा राजेशबाबु श्रेष्ठको संयोजकत्वमा तदर्थ कमिटी गठन गरिएको हो ।

नयाँ बनेका तदर्थ कमिटीलाई तीन महिनाभित्र निर्वाचन गर्न निर्देशन दिइएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐनले एक खेलको लागि एउटा मात्र खेल संघ गठन भएको हुनुपर्ने व्यवस्था गरेको छ । राखेपको १ सय १३ औँ बोर्ड बैठकले सङ्घको विवाद समाधानका लागि उपाध्यक्ष शिव कोइरालाको नेतृत्वमा समिति गठन गरेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.