लेख विवरण

राङखोला र भंगारा युवा क्लब फाइनलमा

राङखोला र भंगारा युवा क्लब फाइनलमा

काठमाडौं । राङखोला र भंगारा युवा क्लब दशौं शिरशुभा÷गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा राङखोलाले खेवाङ युवा क्लबलाई २३–२५, २५–२२, २५–१५ र २५–१७ को सेटमा पराजित गर्यो । विजेता टोलीका दर्शन गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

स्याङजाको सिरुवारीमा जारी प्रतियोगिताको अर्को सेमिफाइनलमा भंगाराले महाशिला युवा क्लबलाई २५–१८, २५–२० र २५–१४ को सोझो सेटमा हरायो । भंगाराका सुदीप गुरुङ र राजकुमार नेपाली ‘म्यान अफ द म्याच’ चुनिए ।

शुक्रबार फाइनल हुने प्रतियोगिताको शीर्ष तीन स्थान रहने टोलीले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।

त्यसअघि बिहीबारै भएको क्वाटरफाइनलमा खेवाङले आँधीखोलालाई २–१, राङखोलाले प्रगतिशिल युवा क्लबलाई २–०, महाशिलाले दरौ युवा क्लबलाई २–० तथा भंगाराले पञ्चमुल सिरुवारीलाई २–० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.