लेख विवरण

राजनीतिक खिचातानीले खेलकुदको विकास हुन सकेन : खेलकुद मन्त्री

राजनीतिक खिचातानीले खेलकुदको विकास हुन सकेन : खेलकुद मन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले राजनीतिक खिचातानीको अवस्थाले गर्दा खेलकुदको विकास नभएको टिप्पणी गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजित ऐतिहासिक पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई नगद सहित सम्मान गर्दै उनले खेलकुद क्षेत्र उपेक्षाको शिकार भएको बताए ।

उनले भने ‘नेपालको सन्दर्भमा खेलाडीहरुले सेवा सुविधा पाईरहेको अवस्था छैन् । सरकारले त्यसको व्यवस्था गर्न सकेन् । विगत २८ वर्ष देखि एकै ठाउँमा बसेर काम गरिरहेको सुनिन्छ । त्यहाँ काम भएन् । बढुवा भएन्, जतापनि राजनीतिक खिचातानी भईरहेको देखियो ।’

यो क्षेत्रलाई कसैले पनि प्राथमिकतामा नराखेको र सबैले खेलकुदको क्षेत्रलाई वेवास्ता गरेको उनको भनाइ छ ।

मन्त्री लिम्बूले जति सक्दो आफ्नै प्रयत्नमा यो क्षेत्रको सुधार गर्ने र काम गर्ने बताए । उनले आफुले १८ घण्टा काम गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.