लेख विवरण

राजस्थानविरुद्धको ऐतिहासिक जितपछि म्याक्सवेलमाथी पैसाको वर्षा

राजस्थानविरुद्धको ऐतिहासिक जितपछि म्याक्सवेलमाथी पैसाको वर्षा

काठमाडौंँ । आईपीएल २०२३ को ६० औं खेल आइतबार जयपुरको सवाई मानसिंह स्टेडियममा खेलिएको थियो । राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच भएको खेलमा आरसीबीले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफमा राजस्थानको टोली १०.३ ओभरमा ५९ रनमा सिमित भयो । र खेल आरसीबीले ११२ रनले जित्यो । खेलमा ३ ओभरमा १० रन दिएर तीन विकेट लिएका वेन पोर्नेल प्लेयर अफ द म्याच चुनिए ।

आरसीबीका कप्तान फाफ डु प्लेसिसले ४४ बलमा ५५ रनको पारी खेले । यस इनिङ्समा उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । उनी बाहेक ग्लेन म्याक्सवेलले पनि अर्धशतक बनाए । अस्ट्रेलियाका यी ब्याट्सम्यानले ३३ बलमा ५४ रन बनाए । यस क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे । खेलपछि म्याक्सवेलले धेरै अवार्डहरु पाए । म्याक्सवेलमाथी पैसाको वर्षा नै भयो र उनले प्राइज मनीका रूपमा ४ लाख भारतीय रुपैयाँ पाए ।

म्याक्सवेलले रुपे अन-द-गो फोर एस अवार्ड, ड्रिम इलेभेन गेम चेन्जर अफ द म्याच अवार्ड, भिजिट साउदी बियन्ड द बाउन्ड्रीज लन्जेस्ट सिक्स र अपस्टक्स मोस्ट भ्यालुएबल एसेट अफ द म्याच अवार्ड प्राप्त गरे। सबै अवार्डहरुको प्राइज मनी १ लाख रुपैयाँ थियो, त्यसैले प्रतियोगितापछि म्याक्सवेलले प्राइज मनीका रूपमा जम्मा ४ लाख भारतीय रुपैयाँ पाए ।

आईपीएल २०२३ मा म्याक्सवेलको प्रदर्शनको बारेमा कुरा गर्दा उनले हालसम्म १२ खेलका १२ इनिङ्समा ३४.९१ को औसत र १८२.८५ को स्ट्राइक रेटमा ३ सय ८४ रन बनाएका छन्। जारी सिजनमा उनले ५ अर्धशतक बनाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.