रातो बंगलाको दोहोरो जित
काठमाडौं । रातो बंगलाले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेको छ । ब्वाइजमा रातो बंगलाले एपेक्स लाइफलाई २५–१२ तथा गर्ल्समा होली भिजनलाई २९–४ ले पराजित ग¥यो ।
ब्वाइजमा काठमाडौं वल्र्डले टीआईएलाई १६–१५ तथा युरोले इम्पेरियललाई २७–२६ ले हराए । गर्ल्समा आयोजक संस्कृति ‘ए’ ले इम्पेरियललाई ३६–६ तथा काठमाडौं भ्यालीले द एक्सेल्सियर स्कुललाई २५–१३ ले पाखा लगाए ।

टिप्पणी लेख्नुहोस्