लेख विवरण

रातो बंगला सेमिफाइनलमा

रातो बंगला सेमिफाइनलमा

काठमाडौं । रातो बंगला १० औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

रातो बंगलाले आईएमएसलाई ५२–२१ ले पराजित ग¥यो । रातो बंगलाका रेवत गुरुङले १७ स्कोर गरे । त्यस्तै नवोदितले एलआरआईलाई ४५–३५ तथा सीसीआरसीले गोल्डेनगेटलाई ५१–२० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । नवोदितका लेखमानले २३ तथा सीसीआरसीका समिप र निराजनले समान ९–९ स्कोर गरे ।

गर्ल्सको राउन्ड रोविन लिगमा गोल्डेनगेट विजेता र जेभियर उपविजेता हुँदै फाइनलमा पुग्न सफल भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.