लेख विवरण

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेकी छिन ।

ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई हार्दिक बधाई दिएका हुन । राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छिन, “ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना १”

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल क्यानडालाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.