लेख विवरण

राष्ट्रपति रनिङ सिल्ड आजदेखि

राष्ट्रपति रनिङ सिल्ड आजदेखि

काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबार (आज)देखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ६ खेलको प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ ।

भलिबल कागेश्वरी मनोहरा नगरपालिकास्थित गान्धी मोडको गान्डी माविमा हुनेछ । बाँकी खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.