लेख विवरण

राष्ट्रिय खुला पौडीको तयारी पूरा

राष्ट्रिय खुला पौडीको तयारी पूरा

काठमाडौं । राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको २४ औं संस्करणको तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ । दुईदिने प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा हुँदैछ ।

प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् । पुरुष÷महिलामा ८–८ गरी १६ खेलाडी छनोट गरिने छ ।

पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९ औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो । एक–एक पुरुष÷महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुने छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.