राष्ट्रिय खुला लनटेनिसको पाँचौँ शृङ्खला सम्पन्न
लुम्बिनी । बुटवलमा आयोजित प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता–२०७९ आज सम्पन्न भएको छ ।
प्रतियोगिताअन्तर्गत खुला पुरुष र महिला एकलतर्फ प्रदीप खड्का र अभिलाषा विष्ट विजयी भएका छन् । आज भएको पुरुषतर्फको फाइनल खेलमा बुटवलका रितिक रानालाई हराउँदै प्रदीपले उपाधि जितेका हुन् ।
यता महिला एकलतर्फको उपाधि विष्ट माहिका रानालाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगिता उपाधि विजेताले रु ६० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ३० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी ३५ वर्ष उमेर समूह पुरुष एकलको उपाधि सन्तोष खत्रीले जित्न सफल भएका छन् । उक्त समूहतर्फको पनि आजै सम्पन्न फाइनल खेलमा खत्रीले सिमान्त गुरुङलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।
यसैगरी ५५ वर्ष उमेर पुरुष एकलको उपाधि विमल गुरुङले हात पारेका छन् । फाइनलमा कमल थापालाई सोझो सेटमा पराजित गर्दै गुरुङले उपाधि हात पारेका हुन् ।

टिप्पणी लेख्नुहोस्